मन्त्रीपरिषद्मा कुरा उठेको भोलिपल्टै काफ्लेले दिए राजीनामा

mukesh-raj-kafleकाठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काफ्लेले राजीनामा बुझाएका हुन् । विहिबारको मन्त्रिपरिषद् बैठकमा उनको कार्यसम्पादन मूल्यांकन कमजोर रहेको भन्दै छलफल भएको थियो । त्यसको भोलिपल्टै काफ्लेले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् । उनी सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित