बाटोमा ठोक्किएको निहुँमा नाबालकले गरे युवकको हत्या

काठमाडौं — राजधानकिो बत्तीसपुतलीमा सामान्य विवाद हुँदा मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या भएको खुलेको छ । शनिबार साँझ साढे ७ बजे बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको जनाइएको छ ।

हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन् ।

घटनाको बखत शम्भुसँगै उनका साथी मोरङ घर भई बिजयचोक बस्ने बर्ष २३ को मनिष चौधरी घाइते भएको समेत खुलेको छ ।

विपरीत दिशाबाट आउँदै गरेका चारमध्येका एक किशोरसँग शम्भुको कुम ठोक्किएपछि भएको विवादमा एक्कासी शम्भुमाथि चक्कु प्रहार भएको जनाइएको छ ।

चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ । उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ ।

गम्भीर अवस्थामा शम्भुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा उनको राती ८ंः४० मा मृत्यु भएको जनाइएको छ । घटनापछि प्रहरीले घटनामा संलग्न चारै जनालाई साढे ९ बजे पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनीहरुलाई गौशाला वृत्तमा राखेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित