सांसदहरु आईएनजीओको कार्यक्रममा हिडेपछि उच्च अदालत गठनसम्बन्धी विधेयक अलपत्र
[caption id="attachment_23581" align="alignleft" width="1000"] फाइल तस्विर[/caption]
काठमाडौं :
सदन चलिरहेकै बेला सांसदहरु एक गैरसरकारी संस्थाको कार्यक्रमको लागि हिंडेपछि संविधान कार्यान्वयनसम्बन्धी महत्वपूर्ण विधेयक अलपत्र परेको छ । संसदको आजको कार्यसूचीमा उच्च अदालत गठनसँग सम्बन्धित तीन वटा विधेयक पारित गर्ने कार्यसूची थियो । तर, ३० भन्दा बढी सांसदहरु नेशनल डेमोक्रेटिक इन्स्टिच्युट नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको द्वन्द्व व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन बुढानिलकण्डस्थित पार्क भिलेज रिसोर्ट गएका कारण संसदमा कोरम नपुगेको हो ।
आजको बैठकमा नेमकिपाका सांसद डिल्लीराम काफ्लेले कोरम नपुगेको बारे प्रश्न राखेका थिए । संसदमा गठना गर्दा उपस्थित सांसदको संख्या एकसय २६ मात्र थियो । कुनै पनि बिषयमा छलफल गर्नको लागि संसदको एक चौथाई संख्या अर्थात एकसय ४९ संख्या आवश्यक पर्छ । संसदमा कोरम पुर्याउने जिम्मेवारी सत्तापक्षको हो । आजको बैठकमा न्याय परिषद् विधेयक, न्याय प्रशासन विधेयक र न्याय सेवा आयोगक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव दर्ता गरिएको थियो ।
एमालेले सरकारलाई सोध्यो–‘चिनियाँ राष्ट्रपतिको भ्रमण रोकिएको हो ?’
भूकम्प पीडितले घोषणा मात्र पाउने हो ?
प्रमुख विपक्षी दल नेकपा एमालेले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सरकारसँग जवाफ मागेको छ । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण रोकिएको भन्ने खबर आएको भन्दै के हो प्रष्ट पार्न माग गरे ।
प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति नलिएको दाबी गरेको भन्दै उनले प्रश्न गरे, ‘चिनियाँ राष्ट्रपति आउने तय भएको थियो । अहिले रोकिएको भन्ने खबर आएको छ । के भएको हो सरकारले सदनमा जानकारी गराउनुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधन नीति तथा कार्यक्रम हो भनेर उनले प्रश्न गरेका छन् । प्रचण्ड स्वयमले अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरुका लागि कहाँबाट पैसा आउँछ भनेर प्रश्न गरेको स्मरण गर्दै उनले भने–आज म प्रश्न गर्न चाहन्छु, कहाँबाट आउँछ पैसा ?’
भूकम्प पीडितले ५० हजार रुपैयाँ समेत पाउन नसकेको बेला सरकारले ८ लाखसम्म दिने घोषणा गरेको भन्दै उनले भूकम्प पीडितले घोषणा मात्र पाउने हो भनेर प्रश्न गरेका थिए ।
प्रतिक्रिया