प्रधानमन्त्री प्रचण्डले गरे नारायणीमा बन्ने सिग्नेचर पुलको शिलान्यास

चितवन । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज  नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरेका हुन्।

उनी पुलको शिलान्यास गर्न हिजो  चितवन आएका थिए । पुलले भरतपुर महानगरपालिका र पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका जोड्नेछ।

 ‘सिग्नेचर ब्रिज’को  शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको समेत  बताए ।

 

प्रतिक्रिया

सम्बन्धित