प्रधानाध्यापक सम्झना बस्नेत राष्ट्रिय शिक्षा सम्मान- २०८१ बाट सम्मानित


काठमाडौँ ।
प्रधानाध्यापक सम्झना बस्नेतलाई राष्ट्रिय शिक्षा सम्मान -२०८१ बाट सम्मानित गरिएको छ  । भक्तपुरको लौकन्थलीमा रहेको कोबिदा किड्स प्रि स्कुलको प्रधानाध्यापक समेत रहेकी बस्नेतलाइ शिक्षा श्रेत्रमा उनले पुर्याएको योगदानका कदर स्वरुप उक्त सम्मान प्रदान गरिएको फोकस नेपाल नामक संस्थाले  जनाएको छ ।   

फोकस नेपालले निष्ठा र समर्पणका साथ लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेर योगदान गरेको भन्दै उनलाई सम्मान गरेको हो।

संस्थाका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न शैक्षिक संघ संस्था मार्फत बस्नेतले बालशिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदान चिरकाल सम्म प्रशंसनीय र अनुकरणीय रहने भन्दै उक्त सम्मान गरिएको हो । 

शनिवार आयोजित बिशेष समारोहका बिच राजधानीमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, विशेष अतिथि पूर्व मन्त्री भवानी प्रसाद खापुङ र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बस्नेतलाई संयुक्त रूपमा सम्मान गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित