क्रिकेटर सन्दीपको मुद्दाको सुनुवाई आज

काठमाडौं — नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा मंगलबार उच्च अदालत, पाटनमा पेसी रहेको छ।

जिल्ला अदालतले दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपले मुद्दामा सफाई पाएको खण्डमा विश्वकपमा सहभागि हुने अवसर बाँकी रहेको छ ।

तर, पटक–पटक विभिन्न कारणले सरेको मुद्दाको सुनुवाईका कारण फैसला हुनेमा संशय भने देखिएको छ । काठमाडौं जिल्ला अदालतमा जस्तै उच्च अदालतमा पनि सन्दीपको मुद्दामा सुनुवाई सर्दै आएको छ ।

क्रिकेटप्रेमीहरुले सन्दीपको मुद्दाको यथाशीघ्र फैसला गरेर उनलाई विश्वकप क्रिकेटमा खेल्ने वातावरण बनाउन प्रदर्शन र सामाजिक सञ्जालमार्फत् दबाब दिँदै आएका छन् । यदि अदालतले सफाई दिएको खण्डमा विश्वकप खेल्न अमेरिका पुगिसकेको नेपाली टिममा सहभागि हुने अवसर पाउने जनाइएको छ ।

केही दिनअघि सन्दीप आफूले पनि सामाजिक सञ्जालमा आफू षडयन्त्रको शिकार भएको जनाउँदै दोषी भएको खण्डमा फाँसी समेत चढ्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित