सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि २:४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई संसद सचिवालयले आग्रह गरेको छ।

तर नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । कांग्रेसले सदन कसरी प्रस्तुत हुने भन्ने निर्णय लिन आज बिहान ८ बजे संसदीय दल कार्यसमिति र त्यसपछि संसदीय दलको बैठक बोलाएको छ। 

नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित