सुमी मानव राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१बाट सम्मानित


भक्तपुर । 
मानव कल्याण समाजलाई  राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ प्रदान गरिएको छ । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित बिषेश समारोमा मानब कल्याण समाज मार्फत सडक आश्रित बिभिन्न ब्यक्तीहरुको गास बास र कपासको ब्यबस्थापन तथा पारिबारिक पुर्नमिलनको समेत काममा लाग्दै आउनु भएकी संस्थाको संस्थापक अध्यक्ष सुमित्रा चौलागाई (सुमी मानव)लाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१बाट सम्मानित गरिएको हो  । 

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१बाट सम्मानित सुमित्रा चौलागाई  (सुमी मानव) बिगत लामो समय देखि सडकपेटि लगाएतका सार्बजनिक स्थानहरुमा नारकिय जिबन बिताउँदै आएका बेसाहार ब्यक्तीहरुलाई संस्थाद्धारा संचालित सेबा घरमा आश्रय दिदै आएकी छिन् । 

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख अतिथ्यता एबम्  नेकपा एमालेका नेता राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष  महेश बस्नेत विशिष्ट अतिथ्यतामा राजधानीको राष्ट्रिय सभा गृहमा आज सम्पन्न विशेष समारोहका बीच मानवीय कल्याणको कार्यमा  मानव कल्याण समाजलाई उत्साहवर्द्धनका साथ   रु ५१००० नगद सहित सम्मान गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित