संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता हुन लागेको हो ।
अहिले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल शुरु भएको र एमाले अध्यक्ष ओली केहीबेरमा नै बैठकमा पुग्ने बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।
कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।प्रतिनिधिसभाको बैठक भोलि विहान (विहिबार) ११ बजेको लागि बोलाईएको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई चित्त बुझाउने गरि सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भएपनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_mBYe9i6MKt_gkjifz860ojcmdc6ulzfvz3hrbagffysyst7bxppm1ziuuyge7zbn0xen8hk.jpg)
प्रतिक्रिया