मन्त्री खान भारतीय दूतावासमा जासुसी

jitendradeuकाठमाडौं । भारतीय पक्ष नेपालका कुनै राजनीतिक दल वा नेतासँग रिसायो भने कतिसम्म असर पु-याउँछ भन्ने कुराको प्रत्यक्ष प्रमाण मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बन्न पुगेको छ । भारतीय पक्षको डिजाइनमा फोरम लोकतान्त्रिकका नेता एवम् सांसद जितेन्द्र देव फसेको स्रोतले जनाएको छ । जितेन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा छिटो सहभागी हुनुपर्ने भन्दै भारतीयको डिजाइनअनुसार फोरम लोकतान्त्रिक फुटाउने भन्दै गतिविधि चलाइरहेका छन् ।

  पार्टी फुटाउने हैसियत राख्न नसक्ने जितेन्द्र देवले यो कुरालाई राम्रोसँग बुझेका छन् । तर, उनले नेपालका लागि भारतीय राजदूत रणजित रायको दबाबमा पार्टी फुटाउने धम्की दिन थालेको चर्चा छ । पछिल्लो समय प्रत्येक दिन लैनचौरस्थित भारतीय दूतावास जाने गरेका जितेन्द्रलाई राजदूत रायले उचालिरहेको स्रोतले जनाएको छ ।

  ‘भारतीय राजदूत रणजित रायसँग जितेन्द्र देवको भेटघाट अलि बाक्लो हुने गरेको छ’ फोरम लोकतान्त्रिकका एक नेताले भने–‘बामपन्थी राजनीतिबाट आउनु भएका जितेन्द्र देवले आफ्नो भविष्यलाई आफै बञ्चरो हान्दै हुनुहुन्छ ।’ सालिन व्यक्ति जितेन्द्र मन्त्री बन्नकै लागि किन यसरी लागेका छन् भनेर सबैले आश्चर्य व्यक्त पनि गरेका छन् । पार्टी विभाजन गर्ने र आफ्नै मुलुकको गुप्तचरी गरेर सबै कुरा लैनचौर पु-याउने योजनामा किन जितेन्द्र लागेका हुन् भनेर उनकै पार्टीका सांसदहरू पनि आश्चर्य चकित बनेका छन् । उनलाई फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर रायले साथ दिएका छन् । सांसद नरहेका रायले फोरम लोकतान्त्रिक फुटाउने भरपुर योजना बनाए पनि सफल हुन सकेका छैनन् ।

  स्रोतका अनुसार राय पुरानो पार्टी नेपाली कांग्रेसमा फर्किने तयारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र बनिसकेका रायले फोरम लोकतान्त्रिक भित्रका सबै कुरा बुढानिलकण्ठ पु-याउने गरेको स्रोतको भनाई छ । हुन त फोरम लोकतान्त्रिकका अरु सबै गतिविधि जितेन्द्रले पनि भारतीय दूतावाससम्म पु-याउने गरेको पार्टीमा चर्चा छ । राष्ट्रिय हित र आफ्नो पार्टीभन्दा भारतीय राजदूत रायप्रति बफादार जितेन्द्रले केही सांसदहरू आफ्नो पक्षमा रहेको भन्दै निकटका पत्रकारहरूलाई समाचार लेख्न पनि लगाएका छन् । तर, जितेन्द्रको फोरम लोकतान्त्रिकमा कति प्रभाव छ भन्ने कुरा घाम जस्तै छर्लङग छ ।

  अहिलेको राजनीतिक परिवेश अनुसार फोरम लोकतान्त्रिक तत्काल फुट्ने कुनै सम्भावना छैन,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । जितेन्द्र र रायको गतिविधि सुक्ष्म रुपमा नियालिरहेका अध्यक्ष विजय गच्छदारले यी दुबैलाई समय आउँदा देखाइ दिने तयारीमा रहेको स्रोतको भनाइ छ । सार्वजनिक रुपमा पार्टीभित्रको बिबादका विषयमा खुलेर नबोल्ने अध्यक्ष गच्छदारले आफूविरुद्ध लाग्ने नेताहरूलाई कसरी सिध्याउँछन् भन्ने कुरा उपेन्द्र यादवको उदाहरण हेरे पुग्छ । कुनै बेला उपेन्द्रले पनि गच्छदारलाई हैरान बनाएका थिए । त्यसपछि गच्छदारले नबोलेरै उनलाई ठूलो नोक्सानी प-¥याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित