एसएसपीसँग आइजीपी आक्रोशित

IGP-Aryalकाठमाडौं  । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले  ललितपुर परिसर मातहतका सबै इकाइका प्रमुखहरुलाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका छन् । पूर्वडिआइजी रञ्जन कोइरालाकी प्रेमीका तारा रेग्मीलाई अपहरणको धम्की दिएको आरोपमा पूर्वमन्त्री श्यामसुन्दर गुप्तासँगै इन्स्पेक्टर अनिल पण्डित पनि पक्राउ परेको घटनाले आक्रोशित बनेका आइजीपी अर्यालले आज ललितपुर परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीलाई  अनुसन्धानमा कुनै कसुर बाँकी नराख्न र अपराधीसँग साँठगाँठ राख्ने प्रहरीलाई कारवाही गर्न निर्देशन दिएका हुन ।

   अर्याल ललितपुरकै प्रहरी पटक-पटक किन अपराधीसँग जोडिएर आउँछ भन्दै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि ललितपुर परिसरमा मुद्दा फाँटमा कार्यरत  डिएसपी दयानिधि ज्ञवालीलाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।  आइजीपी अर्यालले डिएसपी दयानिधि ज्ञवालीको प्रसंग पनि निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित