ट्राफिक जवान मृत भेटिए

काठमाडौं – राजधानीको मनमैजुमा एक जना ट्राफिक प्रहरी मृत भेटिएका छन् ।

बालाजु प्रभागअन्तर्गत कार्यरत एक ट्राफिक प्रहरी जवान मनमैजुमा मृत अवस्थामा भेटिएको छ ।

ड्युटी सकेपछि निवासमा जाँदै गरेका ट्राफिक जवान केही बेर अघि मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित