शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु

भक्तपुर-  शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा डेरा गरी बस्ने खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ की ४६ वर्षीय जमुना भट्टराईको मृत्यु भएको हो ।

शुक्रबार अपरान्ह शौचालय जाने क्रममा उनी घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा शनिवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित