'देशलाई नै ध्वस्त पार्ने अकुत भ्रष्टाचारका योजना देखिए '
उनले यो निर्माणमा विदेशीलाई दिन ठूलो चलखेल भएको बताए । नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली कांग्रेस र केही कर्मचारी )ब्युरोक्रेसी० लागेको समेत आरोप लगाएका छन् ।
‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमन्त्री भएको बेला गरेको हुँ । त्यहि बेला यसको अन्तर्राष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो । तर, सरकार परिवर्तन भएपछि यो काम अगाडि बढन सकेन । सुशील कोइराला नेतृत्वको सरकारले पछि जुन शर्तमा जुन कम्पनीलाई दिन खोजियो त्यो पुरै देशको अहितामा थियो,’ नेपालले भने ।
‘त्यसमा देशलाई नै ध्वस्त पार्ने अकुत भ्रष्टाचारका योजना थिए । सुरूदेखि नै मैले त्यसको विरोध गरेँ । हाम्रो पार्टीले पनि पछि त्यसको विरोध गर्यो । पछि केपी ओली नेतृत्वको सरकारले केही ढिला गरेर भए पनि सरकारले नै त्यो बनाउने राम्रो निर्णय गर्यो ।’
अहिलको प्रधानमन्त्रीले पनि यसलाई नेपाल सरकारले नै बनाउँछ भन्ने कुराले नेपालले नेपाली कांग्रेसभित्र देशभक्तिको भावना हुँदै नभएको कारण यसभित्र भ्रष्टचार बाहेक अरु केही नभएको बताए । भ्रष्टाचारमा लिप्त भएर देश डुवानका लागि कांग्रसे भित्रका केही मानिस लागि रहेको देखिन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया