पशुपतिको भेटी चोर्ने कोषकै कर्मचारी, ८ जना पक्राउ
काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । भेटी गन्ने क्रममा चोरी गर्ने पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सीसी क्यामेरामा हेर्दा देखिएपछि कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ |
परियार पशुपतिमा बाजा बजोउने कर्मचारी हुन् । पक्राउ परेका परियारले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीको भनाइ छ ।
प्रतिक्रिया