कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगियो

काठमाडौं – नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पठाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेका उनलाई आजै थप अनुसन्धानका लागि जाहेरी दर्ता भएको जिल्ला धनुषा पठाइएको हो ।

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । ‘हाम्रो काम यहाँबाट नियन्त्रणमा लिएर पठाउने हो, पठाइयो, अब बाँकी काम धनुषाले गर्छ’, रेग्मीले भने ।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । अनुमति पाएको केही घण्टामै पक्राउ गरेको हो । यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता कीर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो । सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो | 

प्रतिक्रिया

सम्बन्धित