रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने बताएको छ ।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् भन्दै अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।
विज्ञप्ति:
राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो । नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ । सम्मानित धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं ।
विधिको शासनको अर्को सौन्दर्य हो: "कानुन भन्दामाथि कोही हुँदैन"। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । "कोही-कोहीलाई छुनै हुन्न" भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ । विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।
नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ । न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_CFsp4HUo2a_szojdlihhmberjvl0m5idflcirvlfk3gbkrsv8heiyawjg59nymxttvbwobz.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_8dR7lQJlHH_mmmhin5cuyvpas6afvg5c3nwm4ozfx6nxohvzu5j3pvxwgpttv8shsiaysiv.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_X2rEn8rlrW_gnzei4t98bsuwdeld4pfqekbowkgaruwbvffgrvlw5wfvfrmclk989ekdxrp.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_oXL3iyNRtz_8edrmnonxeo3poqj7cv4yctkawdx3yth8gycxlqme9epi8yqs6g1xp6gzcsm.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_SgQa8Onr2k_goxm5zdu8tfbrhurxvdgu5yr7hcaeetdydgxkncflybxq3tbym54pz56ttdq.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_5wTdlXSeLM_nhqt5orr2jpoogzfdzkgk9vgeldwi4i0dpppdmabsdfkxqbplri7mignfuog.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_MppFdm7RAg_nujxudnyrx8yvnpt8ohhmncjjjf7nhympu0kbpgnm6cbhz4xxsocr92p7eg0.jpg)
प्रतिक्रिया