मकवानपुरमा बाम गठबन्धनमा पहिरो,वाइसिएलका इन्चार्जसहित दर्जनौ युवाहरु कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको सरिखेतमा एमाले र माओवादी केन्द्रका युवा दस्ताका नेताहर कांग्रेसमा प्रवेश गरेका छन् । युवा संघ सरिखेत गाउँ कमिटी अध्यक्ष सुमन मल्ल ठकुरी, वाइसिएलका सरिखेत इन्चार्ज अनिस थिङसहित ४३ जना युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

सोमबार सरिखेतमा भएको चुनावीसभामा उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीना, कांग्रेस मकवानपुर सभापति एवम् प्रदेशसभा सदस्य पदका उम्मेदवार इन्द्रबहादुर बानियाँलगायतले कांग्रेसमा स्वागत गरेका हुन् ।

युवा नेताहरुले कम्युनिष्टले गरिब र युवाको नाममा झुटो आश्वासन मात्रै बाँड्ने काम गरेको आरोप लगाउँदै कांग्रेसले मात्रै युवा र देशको हितमा काम गर्न सक्ने बताए । कार्यक्रममा कांग्रेसका ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, लोकतान्त्रिक गठबन्धनको तर्फबाट समानुपातिक उम्मेदवार सन्त चेपाङ, गोविन्द रिजाललगायतले पछिल्लो समय लोकतान्त्रिक गठबन्धनमा प्रवेश गर्नेको लर्कोले गठबन्धनको जित निश्चित भएको बताए । त्यस्तै, माओबादी केन्द्रका पुर्ब लडाकु कमाण्डर एबंम २०७० सालमा संविधान सभाको समानुपातिक उमेदवार हांडिखोलाका  नेता  ज्ञानेन्द्र चेपाङ पनि माओबादी केन्द्र  परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित