लागुऔषध कारोबारी तरुण दलका नेता २२ किलो सुन लुटपाटमा

tarunकाठमाडौं । राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाईकेलाई अहिले ज्यान जोगाउन मुस्किल छ । राजनीतिक दलका छत्रछायाँमा राजधानीमा गुण्डागर्दी गर्दै आएका चरी भनिने दिनेश अधिकारी र घैंटे नामले चिनिने कुमार श्रेष्ठ प्रहरी ईन्काउन्टरमा मारिएपछि अन्य गुण्डा नाईके भूमिगत भएका छन् ।

कुनै ताका चरीका दाँयाहातका रुपले चिनिने धादिङका सेते तामाङ भनिने दिनेश गुरुङले राजनीतिक आडमा लागु औषधको तस्करी गर्ने गरेको खुलासा भएको छ । लागुऔषधको कारोबार गरेको अभियोगमा गुरुङलाई जिल्ला अदालत काठमाडौंका न्यायाधिस हेमन्त रावलको इजलासले मुद्दाको पूर्पक्ष गर्दै हाल जेल चलान गर्ने आदेश दिएका छन् ।

धादिङ मार्पाकका गुरुङले बिगत एक दशकदेखि धादिङमा उत्पादन हुने चरेश थाईल्यान्ड पठाउने र थाईल्यान्डबाट मनोेप्रदिक लागु औषध नेपाल भित्राउने गरेको लागु औषध नियन्त्रण व्यूरोको अनुसन्धानबाट खुलेको छ ।

व्यूरोको टोलीले गत चैत्र ३० गते ६ करोड बराबरको मनोप्रदिक लागु औषध एम्फेटामिनसहित धादिङ सत्यदेवीका नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेपछि गुण्डा नाईके धादिङ तरुण दलका जिल्ला अध्यक्ष गुरुङको राजनीतिक चरीत्र उदाङ्गो भएको हो ।

पक्राउ परेका नेत्र र चित्रले उक्त लागुऔषध गुरुङले मगाएको बयान दिएपछि व्यूरोको खोजिको सूचिमा रहेका गुरुङ गत शुक्रबार काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए । चित्र र नेत्रलाई भरिया बनाएर गुरुङले पर्यटकीय स्थल ठमेलमा लागुऔषधको कारोबार गर्दै आएका छन् । ठमेलमा फेवा दोहोरीका मालिकका नामले चिनने गुरुङले त्यहि दोहोरीको आडमा ठमेललाई आधार बनाएर लागुऔषधको कारोबार गर्दै आएको स्रोत बताउँछ ।लागुऔषधको कारोबार गरेकै भरमा गुरुङले बालाजु फुटुङमा करोडौं रुपैंया खर्च गरेर महल बनाएका छन् भने ५० लाख पर्ने सुजुकी कम्पनीको ग्रान्ड भिटारा गाडीमा सवार हुँदै आएका छन् । आर्थिक हैसियत केही नभएका गुरुङको सम्पत्ती र जिवनमा आएको एक्कासी परिवर्तनको कारण उनलाई नजिकबाट चिन्नेहरूले जिब्रो टोक्ने गरेका छन् ।व्यूरोको खोजिको सुचिमा परेपछि कहिले रसुवा, कहिले धादिङ त कहिले पूर्वमा लुकिछिपी बस्दै आएका गुरुङ गत बुधवार मात्र धरानबाट काठमाडौं छिरेका गुरुङलाई व्यूरोको टोलीले पछाई रहेको थियो । पछिल्लो समय उनको धन्दाबाहिर आउन थालेपछि गुरुङ राजनीतिमा सक्रिय हुन थालेका थिए ।थाइल्यान्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एम्फेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र गुरुङले बिक्री गर्ने गरेको ब्युरोेका डिआईजी जयबहादुर चन्दले बताए । एम्फेटामाईन पठाउने धर्म पाख्रिन गुरुङका साढुभाई रहेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।धादिङमा उत्पादित चरेश विश्वबजारमा मँहगो मूल्यमा बिक्रीबितरण हुन्छ । चरेश कारोबारीले छोटो समयमै धेरै कमाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन् । गुरुङ पछिल्लो समय सुन लुटपाटमा समेत मुछिएका छन् । रसुवा नाकाबाट क्यारिङ गर्ने बहानामा गुरुङको समुहले २२ किलो सुन लुटपाट गरी ९ किलो फर्ता गरी १३ किलो खाएको बिषयमा समेत प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित