ललितपुरमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित