सरकारी वकिलको जालझेलले दीपक मनाङ्लाई संगठित अपराधमा उन्मुक्ती

manangedonकाठमाडौं । कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा उन्मुक्ती पाएका छन् । प्रहरीले पटक-पटक अनुसन्त्रान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालयले मानाङे र उनका सहयोगीविरूद्ध सामान्य मुद्दा दर्ता गरी उन्मुक्ति दिएको हो ।

  सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा प्रहरी रायभन्दा फरक र फितलो मुद्दा दर्ता गराएको हो । अदालत उच्च स्रोतका अनुसार मनाङे र उनका सहयोगी राजनकुमार सिंहबाहेक अन्य फरार व्यक्तिबारे समेत सरकारी वकिल कार्यालयले बनाएको मिसिलमा उल्लेख छैन् । आजको नागरिक दैनिकमा खबर ।

प्रतिक्रिया

सम्बन्धित