स्वास्थ्य मन्त्रीले उपचार खर्च रोक्ने प्रतिवद्धता जनाउँदै गर्दा सरकारद्धारा पूर्व राष्ट्रपतिलाई ६० लाख दिने निर्णय

gagan thapaकाठमाडौं : स्वास्थ्य मन्त्री गगन थापाले आफूले कहिल्यै राष्ट्रको ढुकुटीबाट एक रुपैयाँ उपचार खर्च नलिने घोषणा गरेका छन् । मन्त्री थापाले अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता जनाउँदै गर्दा सरकारले भने पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई ६० लाख उपचार खर्च दिने निर्णय गरेको छ । ‘कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो, तर, पूर्वविशिष्ट अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नैपर्छ ।’ थापाले भने । विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट रकम लिएर उपचार गराउँदै आइरहेका बेला मन्त्री थापाले नयाँ सुधारको प्रण गरेका हुन् । स्वास्थ्यमन्त्री थापाले पूर्वविशिष्ट अधिकारीहरुले विदेशमा उपचार गराउनु उनीहरुको अधिकार भए पनि राज्यले उनीहरुलाई त्यसरी उपचार खर्च दिनु सही नभएको बताए । सरकारले पूर्वराष्ट्रपति डा. यादबलाई ६० लाख रुपैयाँ र अमेरिका आउन जान बिजनेस क्लास टिकट र दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय सरकारले गरेको छ। सरकारले पूर्वराष्ट्रपति यादबका तीन सहयोगीहरुलाई समेत सुविधा दिने निर्णय गरेको छ। तीन जना सहयोगीलाई दैनिक १५० डलर भत्ता तथा टिकट खर्च दिने निर्णय भएको छ।

प्रतिक्रिया

सम्बन्धित