नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई स्मारिका हस्तान्तरण

काठमार्डौ ।
राष्ट्रको लागि दुई घण्टा अभियानका अभियन्ताहरुले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभियानको बारेमा छलफल भेट गरेका छन् । अभियानका अध्यक्ष मधु ढुड्गेल,उपाध्यक्ष जयराज पौडेल सहितको अभियन्ताहरुको समुहले आज अध्यक्ष ओलीसँग ओली निबास बालकोेटमा भेटि अभियानका बारेमा जानकारी गराएको अभियानका अध्यक्ष मधु ढुड्गेलले बताए । 


भेटमा अभियानका अध्यक्ष मधु ढुड्गेलले अध्यक्ष ओलीलाई राष्ट्रको लागि दुई घण्टा अभियानको स्मारिका हस्तान्तरण  गर्दै आगामी २३ गते वातावरण दिवसको अबसरमा अभियानले गर्न लागेको बिशेष कार्यक्रममा सहभागिताका लागि अनुरोध समेत गरेको थिए ।

भेटका क्रममा अध्यक्ष ओलीले अभियानको सफलताका शुभकामना दिदै अभियानमा आप्mनो पुर्ण सहयोग रहने समेत बताएको अध्यक्ष ढुड्गेलले बताए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित