राष्ट्रको लागी २ घन्टा अभियान भक्तपुरको समिक्षा बैठक सम्पन्न

आगामी हप्ताको कार्यक्रम थिमीको एस एस चोकमा गरिने

भक्तपुर । 
देशकै उदाहरणिय सामाजिक अभियानका रुपमा स्थापित  स्वयंसेवी अभियान राष्ट्रको लागी २ घन्टा अभियान भक्तपुर २०७९ को ६४औ हप्ताको कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ ।

अभियानका अध्यक्ष मधु ढुड्गेलको अध्यक्षतामा आज अभियानको सचिबालयमा बसेको बैठकले गत हप्ताको (६४औ) कार्यक्रममा सहभागिता जनाउनुहुँने सम्पुर्ण सामाजिक अभियन्ताहरुलाई धन्यबादका साथै अभियानको सफलताका लागि २ बाकस पन्जा १ बाकस माक्स सहयोग गर्नुहुने अभियन्ता सबिन कार्कीलाई  बिशेष धन्यबाद ब्यक्त गर्ने निर्णय गरिएको अभियानका उपाध्यक्ष नरेश रन्जितले बताए ।


बैठकमा अभियानका अध्यक्ष ढुड्गेले राष्ट्रको लागि दुई घण्टा अभियानका अभियन्ताहरु सहित नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभियानको बारेमा भएको छलफलका बारेमा अभियन्ताहरुलाई जानकारी समेत गराएका थिए ।  

त्यस्तै आगामि ६५औ हप्ताको शनिबारको नियमित कार्यक्रम अरनिको राजमार्ग सडक खण्डको एस एस चोकमा सफाई तथा हरियाली प्रबद्धनका लागि अभियानले रोपेको बिरुवाहरुको संरक्षण एबम् सम्बद्धन गर्नै निर्णय गरिएको र सम्पुर्ण सामाजिक अभियन्ताहरुलाई उपस्थितीका लागि अनुरोध समेत गर्ने निर्णय भएको समेत उपाध्यक्ष रन्जितले बताए ।

प्रतिक्रिया

सम्बन्धित