थप उपचारका लागि कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौ । 
प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

नागरिकता सम्बन्धी कसुरमा प्रहरी हिरासतमा  रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना भएका उनलाई  अस्पतालले थप उपचारका लागि रिफर गरेपछि दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकुलताको कारण उपर्युक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपर्युक्त हुने आदेश दिएको थियो। सोही आदेश अनुसार उनलाई थप उपचारका लागि रिफर गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए।

प्रतिक्रिया

सम्बन्धित