सिरोहियालाई हेलीकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौं । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ । 
सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिदै छ । 
नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित् कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो ।
अदालतले पटक पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३-३ दिनको लागि म्याद थप गरिएको छ ।

 
 

प्रतिक्रिया

सम्बन्धित