ओलीलाई उचाल्दा माओवादीभित्र हंगामा ,भागवण्डामा लफडा

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेका बेला एमालेका केही नेताहरूले प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष छाड्न नहुने भनेर लविङ गरिरहेका छन् ।

एमालेका नेता राजन भट्टराईले पनि पार्टी एकीकरणपछिको अध्यक्ष केपी ओली नै हुनुपर्ने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकतापछि पनि केपी ओली अध्यक्ष र प्रधानमन्त्री बन्नु हुन्छ ।’

एमाले नेता भट्टराईले केपी ओलीकै नेतृत्वमा नयाँ सरकार र पार्टी एकता हुने पनि दाबी गरेका छन् । ओलीकै पक्षमा जनमत भएको र भारत, चीन लगायत अन्तर्राष्ट्रिय जगत पनि पनि ओलीकै पक्षमा भएको उनको दाबी छ ।

परराष्ट्र मामिला विज्ञसमेत रहेका भट्टराईले ओली प्रधानमन्त्री भएपछि नेपाल भारत सम्बन्ध राम्रो हुने बताउँदै चिनसँगको सम्बन्ध पनि अझ मजबुत हुने बताए ।

चिनिया रेल पनि केरुङ–रसुवागढी–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म पु-याउने भट्टराईले बताए । त्यसैगरी भारतीय रेल रक्सौल जनकपुर हुँदै काठमाडौं ल्याउने सोच आफूहरूको भएको भट्टराईले बताए ।एमाले र माओवादीबस्ीच पार्टी एकतामा बढि प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले एमालेको स्थायी समिति बैठकबाट एकता प्रक्रिया अगाडि बढ्ने बताए ।नेता भट्टराईले पार्टी एकताको मोडल महासचिव ईश्वर पोखरेलले भने अनुसार नै संसदीय दल, अध्यक्ष र प्रधामन्त्री एउटै व्यक्ति अर्थात केपी ओली हुने जिकिर गरेका छन् ।फरक प्रसङ्गमा उनले राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोक्नु ठीक भएको बताउँदै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गर्न खोज्नु गलत भएको बताए ।यस विषयमा तीन जना नेताहरू ओली, शेरबहादुर देउवा र प्रचण्ड बसेर विवाद सुल्झाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित