तरुण दलका नेता लागुऔषध कारोवारको अभियोगमा पक्राउ

dneshकाठमाडौं।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लागुऔषध कारोवारको अभियोगमा पक्राउ परेका छन् ।  कहिले धरान त कहिले झापामा लुक्दै हिँडेका गुरुङलाई  लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

 लागुऔषध  एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश तामाङ भनिने दिनेश गुरुङ पक्राउ परेका हुन् ।

  थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको ब्युरो स्रातले बताएको छ ।धादिङ मार्पाकका गुरुङ विगतमा प्रहरी कार्वाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा थिए ।

  धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने देखी हङककङसम्म पुर्याउने धन्दामा उनी सक्रिय रहंदै आएका छन्  । लागुऔषध कारोवार गरेकै भरमा  उनले काठमाडौंमा बङगला खरिद  देखी महंगा गाडी किनिसकेको एनसिबीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित