भक्तपुर प्याब्सनका सदस्य बिधालयका प्रतिनिधिहरु थ्रि डि आर्ट म्युजियममा


ललितपुर ।
भक्तपुर प्याब्सनका सदस्य बिधालयहरुका संस्थापक / प्रिन्सिपलहरुले ललितपुरको इमाडोलमा रहेको थ्रि डि आर्ट म्युजियम भ्रमण गरेका छन् । प्याब्सन जिल्ला कार्यसमितिको आयोजनामा गरिएको शैक्षिक शत्र २०८१को बार्षिक कार्ययोजना पेश एबम् बिबिध बिषयहरुमा छलफल तथा पुर्नताजगी कार्यक्रम अन्र्तगत शनिबार ललितपुरको इमाडोलमा रहेको थ्रि डि आर्ट म्युजियममा बिशेष कार्यक्रम सहित म्युजियम भ्रमण समेत गराएको भक्तपुर प्याब्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताए । 

कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्याब्सन भक्तपुरको बार्षिक कार्ययोजना २०८१ प्रस्तुत गर्दै आगामी बर्ष कार्यक्रममा समाबेश गरिएका बिभिन्न शैक्षिक गतिबिधिका बारेमा उपस्थित सदस्य बिधालयहरुका प्रतिनिधिहरुलाई जानकारी समेत गराएका थिए  । 

कार्यक्रममा  थ्रि डि आर्ट म्युजियमका संस्थापक संचालक सुन्दर बिष्टले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै थ्रि डि आर्ट म्युजियमका बारेमा जानकारी समेत गराएका थिए । भ्रमण कार्यक्रम सदस्य बिधालयका करिब ७० जनाको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा सिजि मोर्टसको बिधुतिय  सवारीको स्टलका साथै डिजिटल कोर्समा काम गर्दै आएको आई बि एम नेपालको प्रतिनिधि संस्था एसिएन ईलर्निड प्रालीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित