स्वास्थ्य क्षेत्रका विसंगती र अनियमिततालाई समाधान गर्छु : मन्त्री थापा

gagan thapaकाठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्रमा देखिएका विसंगती र अनियमिततालाई समाधान गर्न आफू प्रयासरत रहने बताएका छन. । आज शीतल निवास महाराजगन्जमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथ ग्रहण गरिसकेपछि मन्त्रीको पदभार सम्हाल्न सोझै स्वास्थ्य मन्त्रालय पुगेका थापाले संविधान कार्यान्वयनसँगै स्वास्थ्य क्षेत्रको पनि कानुन बनाउने, पूर्वाधार बनाउने र स्रोत जुटाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । नेपालको स्वस्थ्य क्षेत्रमा स्रोत र साधन हुँदाहुँदै पनि गुणनस्तरीय सेवा उपभोक्ताले पाउन नसकेको बताउँदै मन्त्री थापाले स्वास्थ्य सेवा प्रदायकले राम्रो सेवा दिन सक्ने अवस्था भएपनि दिन नसकिरहेको बताए । कार्यक्रममा मन्त्री थापाले भने–‘केही समयदेखि देशमा स्वास्थ्य क्षेत्र सुधारका लागि हामीले नागरिक आन्दोलन वा सामाजिक आन्दोलन भइरहेका देखेका छौं । यस क्षेत्रमा व्यापक रुपमा अनियमितता, विकृति र कुशासन देखिरहेका छौं । यसको समाधानको लागि समग्रमा यसको ‘गुड गभर्नेन्स’ मा सुधार ल्याउनु पर्छ । नागरिकहरुले यसमा सुधारको ठूलो अपेक्षा पनि राखेका छन् । निश्चिय पनि यसमा मेरो प्राथमिकता पर्छ ।’ डा. गोविन्द केसीको माग पुरा गर्ने नैतिक दायित्व आफ्नो भएको बताउँदै थापाले उनको माग पुरा गर्ने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित