कांग्रेसको तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी १३ मन्त्रीले सपथ लिए

congress mantriकाठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद् विस्तार गरेका छन् । आज नेपाली कांग्रेसको तर्फबाट नवनियुक्त १३ जना मन्त्रीहरुलाई सहभागी गराउँदै प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद् विस्तार गरेका हुन् । कांग्रेसको तर्फबाट मन्त्री बनेका १३ जनाले नै आजै पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनियताको सपथ गराइन् । नेपाली कांग्रेसको तर्फबाट अर्जुननरसिंह केसी सहरी विकास, प्रकाशशरण महत परराष्ट्र, बालकृष्ण खाँड रक्षा, जीवनबहादुर शाही पर्यटन, केशवकुमार बुढाथोकी सामान्य प्रशासन, सूर्यमान गुरुङ श्रममन्त्री भएका छन् भने सीतादेवी यादव शान्ति तथा पुनर्निर्माण, दीपक गिरी सिँचाइ, रोमी गौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थानी गरिबी निवारण तथा सहकारी मन्त्री भएका छन् । त्यसैगरी गगन थापा स्वास्थ्य र शंकर भण्डारीले वन मन्त्री बनेका छन् । यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित