त्रिशुलीमा बस खस्दा १५ को मृत्यु

trisचितवन। गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस मुग्लिन नजिकै त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा १५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ   । घाइते मध्ये १३ जनाको उद्धारगरी उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ । ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै दुर्घटना भएको हो । दुर्घटनास्थल मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ रहेको छ । घटनास्थलमा स्थानीयबासी प्रहरी तथा कुरिनटारबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित