क्रिकेटका नाममा मानव तस्करी
यस विषयमा युवा तथा खेलकुद मन्त्रीले समेत विशेष चासो देखाउँलै छानबिन प्रक्रिया अघि बढाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो ।
जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए ।
उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ, सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए ।मैत्रीपूर्ण खेलका लागि जापान गएका सातै जना खेलाडी र अन्य दुई पदाधिकारी पाँच दिनको बसाइपछि नेपाल फर्किएका थिए ।टोलीसँगै गएका अन्य नौ सदस्य भने आफूसँग नेपाल नफर्किएको एक खेलाडीले बताए ।
प्रतिक्रिया