थानकोट त्रिभुवन पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । 
विश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल (FAN) ले आज बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।“हाम्रो भूमी, हाम्रो भविष्य” भन्ने मुल नाराका साथ एशोसिएसनले आज थानकोट त्रिभुवन पार्क थानकोटमा बृक्षारोपण कार्यक्रममा गरेको हो ।

बृक्षारोपण कार्यक्रममा पार्क श्रेत्रमा हरियालि प्रबद्धन गर्ने उद्देश्यले  फ्लोरिकल्चर एशोसिएसन नेपाल र शहिद स्मृती प्रकृती प्रतिष्ठानका पदाधिकारिहरु सहितले थानकोट त्रिभुबन पार्क हाता भित्र बिभिन्न जातका रुख बिरुवा रोपेको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । 

त्यस्तै आगामी दिनहरूमा समेत पार्कलाई हरियाली ,फुल फुलाउने, पार्कमा फुलहरूलाई अझ व्यवस्थित बनाउने,  पार्क भित्र विभिन्न किसिमका बिरुवाहरूका बोटबिरुवाहरू उत्पादन गर्ने, आगामी दिनहरूमा पुष्प मेला सञ्चालन आदि कुराहरूमा सहकार्य गर्दै जाने कुरामा दुवै संस्थाले सहकार्य गर्ने सहमति सहित समेत गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित