राष्ट्रका लागि दुई घण्टा अभियानले बिशेष कार्यक्रम गर्दै मनायो विश्व वातावरण दिवस

भक्तपुर।

विश्व वातावरण दिवसको अबसर पारेर भक्तपुरमा संचालित स्वंयमसेबी अभियान राष्ट्रका लागि दुई घण्टा अभियानले आज बिशेष कार्यक्रमको आयोजना गरेको छ । अभियानले आज एकैसाथ भक्तपुरको अरनिको राजमार्ग सडकखण्डका बिभिन्न स्थानमा सरसफाई कार्यक्रम गरको हो  ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको कौशल्टार चोकमा अभियानको बेलुन उडाएर कार्यक्रमको उद्घाटन गर्दै वातावरण दिवसका दिन एक-दुई गोष्ठी, सभा सम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने भन्दै फोहोरमैला व्यवस्थापनमा सबैको सहभागितामा सार्थक हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।’

अभियानको प्रशंशा गर्दै ओलीले भने "तपाईहरुले मानब जातिको अस्थित्वका लागि शुरु गर्नु भएको यो अभियाले हाम्रा लागि र हाम्रा सन्तानाका लागि साह्रैनै महत्वपुर्ण योगदान गर्नेछ । तपाईहरु सबैलाई धन्यबाद अनि शुभकामना ।"

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायत सहभागी थिए । 

अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डिबाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, ट्राफ़िक प्रहरी,सुर्यबिनायक नगरपालिका नगर प्रहरी, पातन्जल योग समिती, वेभ ग्रुप, ह्यापी ग्रुप, दक्षिणकाली सहकारी, आस्था महिला विधालय, ह्यापी एण्ड हेल्थ ग्रुप,अग्रगामी नेपाल, यमना लाईन्स क्लब, सचेत मार्ग टोल सुधार समिति, नवदुर्गा महिला समुह, स्वच्छ बातावरण सन्जाल, हलिओ स्कुल, रिट्रनिङ फेडरेशन नेपाल, क्याप नेपाल, मानवीय आस्था नेपाल, चानक्य कलेज, सागबारी टोल सुधार समिती, स्वनिगःसाकोस, शुभश्री बचत, सिद्धार्थ बचत, मध्यपुर सन्चार समाज, राष्ट्रीय युवासंघ नेपाल, बालकोट सहकारी, पातञ्जल योग समिती,साथै विभिन्न संघ सस्था, बिभिन्न पार्टीबाट  प्रतिनिधिहरु, जीवन विज्ञान, गैरसरकारी संस्था महासङ्घ भक्तपुर लगायत  बिभिन्न बिघालयका विद्यार्थीकोहरु समेत  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित