संस्कृति, परम्परा तथा कला समाजको हितका लागि हुनुपर्ने

भक्तपुर । बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले संस्कृति, परम्परा तथा कला समाजको हितका लागि हुनुपर्ने बताएका छन् । निओ फ्युजन बाजा समुह र नवदुर्गा धिमे खलःको बाँसुरी तथा पछिमा तालिमको प्रमाणपत्र वितरण गर्दै उनले साँस्कृतिक रुपले सचेत भएका संस्कृतिकर्मी तथा कलाहरुले राजनैतिक शिक्षाको अभावले पूर्ण रुपमा समाजको लागि काम गर्न नजानेको बताए । इतिहासका पानाबाट हेर्दा मल्लकालको पतन हुनुमा यस्तै परम्परा तथा संस्कृति रुपमा मात्र बलियो हुनु तर ती कुरालाई ज्ञानको रुपमा लिनुपर्ने उनले बताए । मानव जीवनमा संस्कृति र परम्परा जति आवश्यक छ, उति नै राजनैतिक सचेतना पनि आवश्यक रहेको उनको जोड छ । नवदुर्गा धिमे बाजा खलःका अध्यक्ष बालगोपाल बनमालाका अनुसार भक्तपुरमा घरघरका सदस्यहरुले बाजागाजामा निपुन्न होस् भनी तालिम दिदै आइरहेको बताए । भक्तपुरका कुनाकाप्चासम्म पनि गई तालिम दिदै आइरहेको र आवश्यक भए जुन पनि क्षेत्र तथा जिल्लामा पनि गई तालिम सञ्चालन गर्न तयार रहेको उनले बताए । संस्कृति र परम्पराले गर्दा नै हामी जीवित रहेको र नयाँ इतिहासको पानामा नाम रचेको उनले बताए । अतिथि निओ फ्युजन बाजा समुहका अध्यक्ष सविन लेवाले विगतमा कम्प्युुटर कक्षाले पाएको निःशुल्क तालिमले आफु बाजामा समावेश भएको बताउदै हाल प्रशिक्षकको रुपमा बस्न पाउदा निकै खुसि लागेको र आगामी दिनहरुमा बाजालाई आफ्रना गन्तव्यको एउटा बाटो बनाएको बताए । विगत ७ वर्षदेखि आफुले अरुलाई सिकाउदै आइरहेको उनले जनाए । निओ फ्युजन स्कुल अफ कम्प्युटरबाट हालसम्ममा दुई सय १० जनालाई बाजा सिकिसकेको उनले सम्झे । अतिथि ४ महिने बाँसुरी बाजा प्रशिक्षक यजु आचार्यले आफुले कलेजबाट सिकेका अहिले प्रशिक्षक रुपमा भूमिका खेल्न पाउदा खुसी भएको बताइन् । विधिवत रुपमा परम्परागत रुपमा पिढानेगु (सार्वजनिक हुने) कार्यमा आफू पहिलो पटकको अनुभवले निकै कुराको ज्ञान पाएको र उक्त ज्ञान कलेजका कितावले सिकाउन नसकेको तर यहाँबाट सिकेको उनले सुनाइन् । तालिमलाई मर्माहत बनाउन निरन्तर प्रयासको आवश्यकता रहेको उनले बताइन् । सभापति एवं कार्यक्रम संयोजक उमेश कर्माचार्यले आफ्नो पहिलो संयोजत्व भूमिका निर्वाह गर्दाको अनुभव र तालिमलाई व्यवस्थापन गर्न आफुले त्यति राम्रो भुमिका खेल्न नसकेता पनि तालिमले अन्तमा आएर राम्रो र सोचेको भन्दा राम्रो भएको बताए । व्यवहारिक कुरा सिक्न कितावी ज्ञानले नहुने, त्यसका लागि व्यवहारिक रुपमा जिम्मेवार भएर नै काम गर्नुपर्ने उनले बताए । तालिमलाई सार्थकता बनाउन यसको पनि एक समुह बनाई महिनाको एक दिन भए पनि निरन्तरता दिन लगाउने उनले बताए । पछिमाका प्रशिक्षक रकी त्वायनाले आफुले दाफाबाट सिकेका कुरा यहाँ संस्थामा जातगुठी पनि नछोताइकनै तालिम दिन पाउदा नयाँ कुराको अनुभव भएको बताए । कार्यक्रम निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले सञ्चालन गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित