प्रमुख दलहरुका कारण निर्वाचन अनिश्चित

nirbachanकाठमाडौं : प्रमुख राजनीतिक दलबीच मतभेद हुँदा सरकारले आगामी चैतभित्रै गर्ने भनेको स्थानीय निकाय निर्वाचन अनिश्चित बन्दै गएको छ। प्रमुख शक्ति कांग्रेस, एमाले, माओवादी र मधेसी दल कोही पनि स्थानीय निकाय पुनर्संरचना आयोगको सिफारिसप्रति सहमत नहूँदा निर्वाचन अनिश्चित बन्दै गएको हो । सबै दल र शक्ति पुनर्संरचनाको एउटै बिन्दुमा सहमत नभएसम्म चुनाव अनिश्चित भएको निर्वाचन आयोगले औंल्याउँदै आएको छ। दलहरुबीच भने अहिलेसम्म यस मुद्दामा कुनै सहमति हुन सकेको छैन। स्थानीय निर्वाचन गर्नुअघि नै स्थानीय तहको पुनर्संरचना दलहरूको मत बाझिएपछि चैतमा गर्ने चर्चा चलाइएको स्थानीय निर्वाचन झनै पेचिलो बन्दै गएको हो। सोमबार नेकपा एमाले स्थायी कमिटी बैठकले स्थानीय निकायको संख्या सीमा निर्धारण आयोगले तय गरेकै वरिपरि हुनुपर्ने निर्णय गरेको छ भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठकले मुलुकमा स्थानीय निर्वाचनको साटो पहिला प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने माग अघि सारेको छ । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई दिनअघि स्थानीय निकाय पुनःसंरचनामा लामो समय अल्भ्किनुपर्ने हुँदा अहिलेकै संरचनामा चुनाव गराउनुपर्ने धारणा राखेका थिए। देउवाको उक्त धारणालाई सत्तारुढ अर्को दल नेकपा माओवादी केन्द्रका नेताले ‘असम्भव’ भनिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित