गण्डकीका एमाले सांसदलाई स्पष्टीकरण सोधियो

काठमाडौं । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ । एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर, सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो ।
त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् ।
स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । गुरुङ कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् ।
_YLW7Wkld7T_gfhcgnyfpogb3tzgnw6shura9ycfvxh9eedwzdoeqrrwhunm7is1b6hn7i1x_LGMUfEWJDG_acsjbopwi1n9yctzgl6eicxf75oscryg4phfaoadz12m9su7afsvzypg6wp6.png)
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री
संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै
_0Tk9chpkOz_ctxgxlvacj6fhjmlvflhtq3ytawcavtmbiqb5i15zxr3nu4faofjtvorr7h0_VNRXxx1Fi5_pblt5adsh3hxxyxbbjm5q5odoc5cnmygjqchyiz5y3glnxrvfmqhbcxejrbe.png)
देशको आर्थिक अवस्था सुखद छैन्ः गृहमन्त्री लेखक
%2520(29)_WsSIhf1Dba_tnnxret6sbuvfh2m8rqnlcqsbtmecpnr4cyhspvtcy43uuoxbjzfnrfqsakj_VI0jUuOcup_gkkuba6cpbgm1hqmh6rkkvn2wrsbvmq0tt7y6oxtb4pcfobae51qrki8tafz.jpg)
फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह
_kSlzmqHQ7w_01hphmnzbrq7qducpvkbjsel9zzrer7x8yahyi4cmqylrn31oo6ec2gv3sgx_qsSLCRiCDd_bqfr1hl4pqfgajovhpp2bsmkglc6znajyf81qxd4ubgh6lo84d4snbebw6bd.jpeg)
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
%2520(2)_scyYKMaEk7_gnqfhpjzvplb99kpjjofprmvdgf6jbbomppgcinnnhpvsbajylr19dpmimaj_oqKt2791N5_citj8cprclxdtbgejdz1epm0kurdryq7xq1txdsoropjky8w43xhzv5okzib.jpeg)
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
_KNQ5tRcJRk_ob4n0aveentbxk1a69igfa75auyctvjebwuvl8shoagtbkch47lumswx9zgp_n2Ve5ykiR6_kdyj6eb6rle2yj246n7hg2vn8ijgmn2lrfefo1exvzf9allmioczugdpukci.jpg)
विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : मन्त्री सिंह
_jFx0DhlVmJ_qezb0io8wnz55edivq9zzjjpjkrceepov67gl1vldov86bk2yqbmldk5uxjh_fxgRA3zzIK_2ekmcjeq4guyah4s0nrm75w5e1stuslrem9nz34nepztcssq9nouakgomcel.jpg)
प्रतिक्रिया