भक्तपुरमा हुने १० औ अन्तराष्टिय योग दिवस कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने
भक्तपुर
१० औ अन्तराष्टिय योग दिवस (जुन २१) ̎आफु र समाजका लागि योग (Yoga For Self and Society) भन्ने आर्दश वाक्यलाई जोड्दै विभिन्न कार्यक्रमका साथ भक्तपुरको सानो ठिमी स्थित एसओएस विद्यालय प्राङ्गणमा असार ७ गते सम्पन्न गरिने भएको छ । उक्त कार्यक्रमलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने कार्यतालिका रहेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव केशव प्रसाद दाहालले जानकारी गराए ।
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका चोक,गटठाघर र लोकन्थली एवं काठमाडौ जिल्लाको पेप्सी चोक गरि ४ वटा स्थानबाट एकैपटक विहान ७ बजे जम्मा भई प्रभातफेरिका साथ कार्यक्रम स्थल तर्फ लागिने शिक्षा तथा मानव श्रोत केन्द्रका महानिर्देशक दिपक शर्माले अवगत गराए । विहान ७ः३० बजेदेखि एसओएस प्राङ्गणमा औपचारिक रुपमा शुरुवात गरिने कार्यक्रममा विश्वविद्यालय,सिटिईभिटि,विद्यालय एवं विभिन्न यौगिक संस्थाहरुको योग प्रर्दशन,योग गुरुहरुको प्रवचन,अन्तराष्टिय योग प्रोटोकल अभ्यास लगायतको प्रस्तुति रहने महानिर्देशक शर्माले अवगत गराए ।
यस वर्ष अन्तराष्टिय योग दिवसको अवसर पारेर असार ७ गतेका दिन पहिलो पटक नेपाल टेलिकमबाट योगजागरण सम्बन्धी विषय समेटिएको सिआरबिटी टोन बजाईने शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले बताए । सो टोनमा योग अभियन्ता नबराज काफ्ले र सुनिता बरालले आवाज दिएका छन् ।
प्रतिक्रिया