कहाँबाट ल्याए डन गोर्खालीले ४० करोड ?

raju donकाठमाडौं । राजधानीका चल्तीका गुण्डा नाइके राजु गोेर्खालीले ४० करोड ६५ लाख रुपैयाँ जम्मा गरेर कर्मचारी सञ्चय कोषकोे सुन्धारास्थित काठमाडौं मलको ठेक्का सम्झौता गरेका छन् । सबैभन्दा बढि टेण्डर बिड गरेका डन गोर्खालीले कोषले मागे बमोजिम धरौटी रकम र अग्रिम भाडा गत साता जम्मा गरी सम्झौता गरेका हुन । अग्रिम भाडा बमोजिम मासिक २ करोेड ७१ लाखका दरले हुन आउने तीन महिनाको ८ करोड १३ लाख र एक बर्ष भाडा बराबरको बैंक ग्यारेन्टि ३२ करोड ५२ लाख जम्मा गरेका हुन ।

 गोर्खालीले यति ठूलो रकम जम्मा गरेपछि सञ्चय कोषमा मात्र नभई प्रहरीमा समेत भुईंचालो गएको छ । यो सम्पत्तिको बैधानिकता के हो भन्दै यतिखेर सञ्चय कोषका कर्मचारी दुई धारमा विभाजित भएका छन् । केही कर्मचारी भने गोर्खाली बिबादित व्यक्ति भएका कारण उक्त पैसाको स्रोत खोजिनु पर्ने बताउँछन् । राकेश लिम्बुको हत्या पश्चात जेल र रेलमा दिन बिताएका गोर्खालीले यति ठूलो रकम कहाँबाट ल्याएर जम्मा गरेका हुन् सोको स्रोत खोजिनु पर्ने आवाज उठेको छ ।

  गोर्खालीले महंगोमा टेण्डर सम्झौता गरेपछि हाल तिरिरहेको भाडामा तीन गुणा बढ्ने भएपछि काठमाडौं मलका व्यवसायीहरु आतंकित बनेका छन् । ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आब्हान गरिएकोे टेन्डरमा गोर्खाली समूहले सूर्य दीप फर्मबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु नामबाट २ करोड ७१ लाख मासिक बुझाउने गरी टेन्डर भरेका थिए । पहिलो फर्मबाट काम छाडेर गोर्खालीले दोस्रोबाट काम गर्ने तयारी गरेका हुन । यता, व्यवसायीले समेत गोेर्खालीको सम्पत्तीकोे स्रोत खोजिनु पर्ने भन्दै सम्पत्ति सुद्धिकरण बिभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने तयारी गरेका छन् ।

  ११ वटा कम्पनीले भरेको टेन्डरमध्ये एक र दुईमा गोर्खाली समूहले टेन्डर पारेका थिए । अन्धाधुन्ध टेन्डर बिड गर्ने गोर्खालीले उक्त पैसा नउठ्ने अवस्था देखेपछि बैंक ग्यारेटी जफत हुने डरले टेन्डर नै रद्द गर्न खोजेका थिए । पछि पहिलो र दोस्रो दुवै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५० लाख कबोल भएकोे तेस्रो फर्म सूर्य विनायक हाउजिङबाट सम्झौता गर्ने योजना बनाएका थिए । तर, उक्त फर्म कालो सूचीमा परेका कारण गोर्खालीले दोस्रो फर्मबाट काम गर्ने योजना बनाएका हुन् । अन्य व्यवसायीले भने धेरै कम मूल्यमा टेण्डर विड गरेका थिए । मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहले दुईवटै फर्मको ५७ लाख बंैंक ग्यारेन्टी माया मार्दै १ करोड ५० लाखमा सम्झौता गरी सञ्चय कोषलाई वार्षिक २५ करोड चुना लगाउने खेलसमेत फेल खाएपछि दोस्रो फर्मबाट काम गर्न बाध्य भएका थिए । उता तेस्रो फर्म कानुन बमोजिम दर्ता नभएका कारण रद्द हुने तयारीमा छ ।

 सो फर्ममा टेन्डर भर्ने संस्थाको छाप र हस्ताक्षार समेत गरिएको छैन भने फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचीमा परेका छन्,कहाँबाट ल्याए डन गोर्खालीले ४० करोड ? काठमाडौं । राजधानीका चल्तीका गुण्डा नाइके राजु गोेर्खालीले ४० करोड ६५ लाख रुपैयाँ जम्मा गरेर कर्मचारी सञ्चय कोषकोे सुन्धारास्थित काठमाडौं मलको ठेक्का सम्झौता गरेका छन् । सबैभन्दा बढि टेण्डर बिड गरेका डन गोर्खालीले कोषले मागे बमोजिम धरौटी रकम र अग्रिम भाडा गत साता जम्मा गरी सम्झौता गरेका हुन । अग्रिम भाडा बमोजिम मासिक २ करोेड ७१ लाखका दरले हुन आउने तीन महिनाको ८ करोड १३ लाख र एक बर्ष भाडा बराबरको बैंक ग्यारेन्टि ३२ करोड ५२ लाख जम्मा गरेका हुन । गोर्खालीले यति ठूलो रकम जम्मा गरेपछि सञ्चय कोषमा मात्र नभई प्रहरीमा समेत भुईंचालो गएको छ । यो सम्पत्तिको बैधानिकता के हो भन्दै यतिखेर सञ्चय कोषका कर्मचारी दुई धारमा विभाजित भएका छन् । केही कर्मचारी भने गोर्खाली बिबादित व्यक्ति भएका कारण उक्त पैसाको स्रोत खोजिनु पर्ने बताउँछन् । राकेश लिम्बुको हत्या पश्चात जेल र रेलमा दिन बिताएका गोर्खालीले यति ठूलो रकम कहाँबाट ल्याएर जम्मा गरेका हुन् सोको स्रोत खोजिनु पर्ने आवाज उठेको छ । गोर्खालीले महंगोमा टेण्डर सम्झौता गरेपछि हाल तिरिरहेको भाडामा तीन गुणा बढ्ने भएपछि काठमाडौं मलका व्यवसायीहरु आतंकित बनेका छन् । ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आब्हान गरिएकोे टेन्डरमा गोर्खाली समूहले सूर्य दीप फर्मबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु नामबाट २ करोड ७१ लाख मासिक बुझाउने गरी टेन्डर भरेका थिए । पहिलो फर्मबाट काम छाडेर गोर्खालीले दोस्रोबाट काम गर्ने तयारी गरेका हुन । यता, व्यवसायीले समेत गोेर्खालीको सम्पत्तीकोे स्रोत खोजिनु पर्ने भन्दै सम्पत्ति सुद्धिकरण बिभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने तयारी गरेका छन् । ११ वटा कम्पनीले भरेको टेन्डरमध्ये एक र दुईमा गोर्खाली समूहले टेन्डर पारेका थिए । अन्धाधुन्ध टेन्डर बिड गर्ने गोर्खालीले उक्त पैसा नउठ्ने अवस्था देखेपछि बैंक ग्यारेटी जफत हुने डरले टेन्डर नै रद्द गर्न खोजेका थिए । पछि पहिलो र दोस्रो दुवै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५० लाख कबोल भएकोे तेस्रो फर्म सूर्य विनायक हाउजिङबाट सम्झौता गर्ने योजना बनाएका थिए । तर, उक्त फर्म कालो सूचीमा परेका कारण गोर्खालीले दोस्रो फर्मबाट काम गर्ने योजना बनाएका हुन् । अन्य व्यवसायीले भने धेरै कम मूल्यमा टेण्डर विड गरेका थिए । मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहले दुईवटै फर्मको ५७ लाख बंैंक ग्यारेन्टी माया मार्दै १ करोड ५० लाखमा सम्झौता गरी सञ्चय कोषलाई वार्षिक २५ करोड चुना लगाउने खेलसमेत फेल खाएपछि दोस्रो फर्मबाट काम गर्न बाध्य भएका थिए । उता तेस्रो फर्म कानुन बमोजिम दर्ता नभएका कारण रद्द हुने तयारीमा छ । सो फर्ममा टेन्डर भर्ने संस्थाको छाप र हस्ताक्षार समेत गरिएको छैन भने फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचीमा परेका छन् । ।

प्रतिक्रिया

सम्बन्धित