ग्यालेक्सीकी सञ्चालिका राणाद्धारा करोडौं ठगी

gitaaकाठमाडौं । ग्यालेक्सी बोडिङ्ग स्कुलकी सञ्चालिका एवम् सांसद गिता राणाले स्कुल चलाउने नाममा ३ करोड रुपैयाँ ठगि गरेको खुलासा भएको छ । २०५६ सालमा ग्यालेक्सी सहित १६ वटा बोडिङ्ग स्कुलद्धारा सञ्चालित शैक्षिक समाज सहकारी संस्थामा जम्मा भएको कालिकास्थानमा रहेको नवक्षितिज सहकारी संस्थाको ८३ लाख रुपैयाँ नै गायव बनाएपछि राणाको ठगी धन्दा खुलासा भएको हो । साँवा र व्याजगरी ३ करोड भन्दा बढि रहेको उक्त रकम हालसम्म पनि शैक्षिक समाजले तिरेको छैन ।

 एउटा सहकारीले अर्को सहकारीमा रकम डिपोजिट गर्न नपाउने ऐनमा उल्लेख भएपनि शैक्षिक समाजकी राणा र नवक्षिजितका प्रबन्ध निर्देशक विभुतिराज पाण्डेको मिलेमतोमा उक्त रकम गायव बनाइएको नवक्षितिजका एक सञ्चालक बताउँछन् । शैक्षिक सहकारी संस्था हाल बन्द भएकाले उक्त रकम तिर्नलाई बारम्बार ताकेता गर्दा समाजकी अध्यक्ष राणाले आफूले तिर्ने भनि जमानी बसेर कागज समेत गरेको नवक्षितिजले जनाएको छ । राणाकै पहलमा अन्य १६ वटा विद्यालयलाई सहकारीमा लगानी गर्न लगाई उठेको लाखौं रकम समेत राणाले हिनामिना गरेको समाजका एक सञ्चालकले बताए ।

 उक्त रकम उठाउन बारम्बार ताकेता गर्दा पनि रकम फिर्ता नगरेपछि ठगीको अभियोगमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा २०६४ सालमा नै रकम उठाइ दोषीलाई कारबाही गर्न नव क्षितिजका प्रबन्ध सञ्चालक पाण्डेले नै मुद्दा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ । राणा र पाण्डे दुबैको मिलेमतोमा रकम हिनामिना भएको तर, नवक्षितिजका अन्य सञ्चालकहरुलाई भने मुद्दामा गएको देखाएर पाण्डे पन्छिन खोजेको एक सञ्चालकले आरोप लगाए । जिल्ला प्रहरी कार्यालय काठमाडौंले ठगीको मुद्दालाई अदालतका कर्मचारीहरुसँग र न्यायाधिशसँगको मिलेमतोमा लेनदेनको मुद्दा बनाएर अदालतलाई समेत प्रभावमा पारेर त्यतिबेला मुद्दा कमजोर बनाएको आरोप नवक्षितिजका एक सञ्चालकले लगाए ।

   अदालतले दोषीबाट असुल उपर गर्नु भनि आदेश दिएको भएपनि अदालतको पत्र समेत राणाले नबुझि फर्काउने गरेकी छिन । तर, त्यतिखेर प्रहरीको प्रतिवेदनमा रकम हिनामिना गर्ने राणा फरार रहेको उल्लेख गरिएको थियो । हाल राणा फोरम लोकतान्त्रिको तर्फबाट सांसद समेत भएकी छन् । जिल्ला अदालत र पुनरावेदन अदालतबाट नजवक्षितिजले मुद्दा जित्दा राणाले रकम तिर्न आनाकानी गरिरहेकी छन् । राणाले ठगी गर्ने मनसायले इन्टरनेसनल स्कुल चावाहिल, न्यू समिट स्कुल मैतिदेवी, एलआरआई स्यूचाटार, व्लुमुन ई बोडिङ्ग स्कुल चावहिल, विद्यासदन स्कुल कपन, निशिथ होम एकेडेमीलाई शैक्षिक समाजमा लगानी गर्न लगाएकी थिइन ।

 त्यस्तै एकता सदन स्कुल, पद्यमकन्या मा.वि डिल्लीबजार, यूरेका पब्लिक स्कुल ललितपुर, पूर्णचण्डी स्कुल सहित का.म.न.पा वडा नं ३३ मा बस्ने उद्धवबहादुर कार्की, ल.उ.म.न.पा वडा नं ४ मा बस्ने ऋषीकेश विक्रम शाह, ल.उ.म.न.पा वडा नं ४ म नै बस्ने महेन्द्र सुवेदी, का.जि कमपनमा बस्ने पारशमणि दाहाल समेतलाई उक्त सहकारीमा लगानी गर्न लगाएको कागजात हेर्दा प्रष्ट देखिन्छ  । टोले गुन्डा पाल्दै राणा यसैबीच, गीता राणाले ज्ञानेश्वरस्थित आफ्नो स्कुलमा गुण्डाहरू पालेर राखेको खुलासा भएको छ । उनले ज्ञानेश्वर क्षेत्रका टोले गुण्डालाई मासिक तलव दिएर आफू अनुकुलका काम गराउने, अभिभावकहरूलाई धम्काउने, व्यवसायिक साझेदारहरूलाई भौतिक आक्रमण गराउनेदेखि प्रहरीलाई सेटिङ मिलाएर थुन्नसम्म लगाउने गरेको खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले  छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित