मन्त्री बन्न खोज्दा तीन सांसदको पद धरापमा

baburam and suboodh pokhrelकाठमाडौं । शैक्षिक माफियाका रुपमा परिचिति सांसद एवम् ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणा, भीएस निकेतनका सञ्चालक डा.बाबुराम पोखरेल र डा.सुवोधकुमार पोखरेलहरू आफू अनुकुल समाचार सम्प्रेषण गराएर मन्त्री बन्ने दाउमा लागेको खुलासा भएको छ । एक÷एक करोड रुपैयाँ विजयकुमार गच्छदारलाई बुझाएर समानुपातिक र मनोनीत सांसद बनेका राणा र पोखरेलद्धयले मन्त्री बन्न बार्गेनिङ गरिरहेका छन् ।

यतिसम्मकी राजनीतिक कुनै हैसियत नरहेकी राणा र पोखरलेलद्धयले पार्टी फुटाउनेसम्मको चेतावनी दिने गरेका छन् । यदि उनीहरूले पार्टी फुटाए भने संवैधानिक र कानुनी व्यवस्थाअनुसार तीनै जनाको सांसद पद खारेज हुनेछ । उनीहरूको सांसद पद अहिले पनि धरापमा छ । गच्छदारलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाएर मन्त्री बन्ने दाउमा देखिएका राणा र पोखरेलद्धयको चाला थाहा पाएपछि फोरम लोकतान्त्रिकले आफ्ना बेलगाम सांसदहरूलाई कसरी ठेगान लगाउने भनेर योजना बुनेको थाहा भएको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार राजनीतिमा माहिर खेलाडी मानिन्छन् । गच्छदारलाई धम्काउन राणा र पोखरेलद्धयले गरेको खेललाई पार्टीका अरु नेताहरूले पनि राम्रोसँग बुझेका छन् । बरु रामजनम चौधरी, जनकराज चौधरी र जीतेन्द्र देव जस्ता नेताहरू गच्छदारका लागि चुनौती हुन सक्छन् । तैपनि अहिलेको अवस्थामा मन्त्री बन्नकै लागि यो समूहले पार्टी फुटाउने सोच्न पनि नसकिने एक सांसदले बताए । ‘मन्त्री बन्ने मौका आउन लागेको बेला यी तीन जना सांसद पार्टी फटाउन लागेका छन् भनेर सोच्न पनि सकिदैन’, ती सांसदले भने–‘बरु पैसा बुझाएर समानुपातिक र मनोनीत सांसद बनेकाहरू धेरै चुरिफुरी गरे भने सांसद पद चट् हुन सक्छ । धेरै चकचक नगरे हुन्छ ।’ रामजनम चौधरी यसअघि स्वास्थ्यमन्त्री बनिसकेका छन् । उनले गच्छदारलाई सहयोग गर्ने बताउँदै आएका छन् । फोरम लोकतान्त्रिकबाट मन्त्री बन्ने मौका मिल्यो भने जनकराज चौधरी, योगेन्द्र चौधरीले मौका पाउन सक्ने स्रोतको भनाइ छ । ‘थारु र मधेसीको लागि लड्नेहरूले नै मौका पाउँछ’, एक नेताले भने, ‘पैसा बुझाएर आएको समूहले अहिले नै ठूलो भाग पाउँदैनन् ।’ यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित