भारु ८० हजारमा रोज राणामाथि आक्रमण, विवाद चरीको पैसामा

ranaकाठमाडौं । आपराधिक पृष्‍ठभुमिका  रोज राणा भन्ने सरोज थापामाथि आक्रमण गर्ने २ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । फिल्म निर्माता समेत रहेका  राणामाथि काठमाडौंको मध्य बानेश्वरमा खुकरी प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

 भक्तपुर सिद्धपोखरी घर भइ नयाँबजार बस्ने मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामालाई महाशाखाले पक्राउ गरेको हो । मुख्य योजनाकार जोधा भन्ने रत्नबहादुर लामा भने फरार  छन् । प्रहरीले उनीहरुको साथबाट एउटा मोटरसाइकलसमेत बरामद गरेको छ । राणाले गुन्डागर्दीबाट फाइदा लिने गरेको र आफूहरुलाई नदिएका कारण उनीमाथि जोधाले खुकरी प्रहार गर्न लगाएको पक्राउ परेकाहरुले वयान दिएका छन् ।  लामाले राणालाई आक्रमण गर्ने योजना वनाई आफ्नो समूहकाविवेचन प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप भारु ५० हजार दिएको कुरा अनुशन्धानबाट खुलेको महाशाखाका एसपी सहकुल थापाले जानकारी दिए । करिव तीन हप्ता पहिले भारतबाट  जोधा भन्ने नेपाल आई विवेचनको घरमा गई राणालाई आक्रमण गरी अङ्ग भङ्ग तुल्याउन थप ३० हजार दिएका थिए।

 काम सम्पन्न भए पश्चात रु ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको प्रहरीले बताएको छ। सोही योजना बमोजिम विवेचनले ३१ गते विहान सूर्य लामालाई मोटरसाईकल चलाउन लगाई घरमा रहेको खुकुरी झोलामा हाली सूर्य लामा र विवेचन सोही दिन बागबजार, दरबारमार्ग, नक्साल हुदै राणाको पिछा गरेका थिए। आक्रमण गर्न नसके पश्चात अन्तिममा साँझ करिव ६.४५ बजे बानेश्वरको सेन्टर क्याफे अगाडी गई विवचनले एक्कासी खुकुरीले प्रहार गरेका थिए।

 श्रोतका अनुसार चरीको मुद्दा मिलाईदिन्छु भन्दै राणाले ८ लाख रुपैंया लिएका थिए । तर, पैसा लिएको ६ महिना सम्म पनि मुद्दा मिलाउन नसकेपछि चरीले उक्त ८ लाख फिर्ता मागेका थिए । प्रहरीको मोष्ट वान्टेड रहेका चरीलाई ८ लाख फिर्ता दिनु भन्दा प्रहरीको जिम्मा लगाउने उचित सम्झेर राणाले चरीलाई पैसा लिन बोलाएर प्रहरीको जिम्मा लगाएको आरोप चरी निकटले लगाउँदै आएका छन् ।  चरी ईन्काउन्टर पश्चात पन्चे लामा र जोधाले चरीसंग उक्त पैसा माग्दै आएका थिए । तर, राणाले पैसा आफूले नलिएको बरु उल्टै चरीले क्यासिनोमा लगानी गर्ने १० लाख भारु अर्थात १६ लाख रुपैंया आफूले लिनु पर्ने बताउँदै आएका थिए ।

 चरी इन्काउन्टर पश्चात फरार रही गत बर्ष पक्राउ परेका पन्चे लामा र उनका दाजु जोधाको योजनामा राणामाथी खुकुरी प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलासा भएको हो । चरी निकट मानिने पन्चे हाल कारागारमा छन् भने जोधा दिल्लीमा लुकिछीपि बसेका बस्दै आएका छन् । पन्चेमाथी ललितपूरका मिनकृष्ण महर्जनलाई गोली प्रहार गरी ज्यान मार्ने खोजेको तथा अबैध हातहतियारको कारोबार गरेको अभियोग छ ।

प्रतिक्रिया

सम्बन्धित