यि हुन रोज राणामाथि आक्रमण गर्ने योजनाकार !

jodaaकाठमाडौं । चलचित्र निर्देशक सरोज थापा भन्ने रोज राणामाथि साङ्घातिक आक्रमण गर्ने दुइ व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार राणामाथि आक्रमण गर्ने दुइ व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ । अपरिचित समूहले आपराधिक पृष्‍ठभुमिका राणामाथि सोमबार साँझ खुकुरी प्रहार गरेको थियो ।  प्रहरीको ईन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’का सहयोगी जोदा लामा लामाले सिक्किमबाट सुपारी दिएर राणामाथि आक्रमण गर्न लगाएका हुन। पक्राउ परेकाहरुले  जेल भित्र रहेका चरी समुहका सहयोगी  पञ्चे लामाका दाजु जोदाले पैसाकै कारण उक्त घटना घटाएको बयान दिएपछि प्रहरी अनुसन्धानको सफलतर्फ पुगेको हो ।

  चरी मारिएपछि लामा दिल्लीमा लुकेर बस्दै आएका थिए । चरी मारिएपछि लेनदेनको बिषयलाई लिएर लामाले आक्रमण गर्न लगाएको आशंका गरिएको छ ।चरीको लाखौं अबैध रकम रोजसँग रहेको र लामाले फिर्ता मागेपछि उनीहरुबीच मनमुटाब हुँदा घटना खुकुरी हानाहानको अवस्थासम्म पुगेको प्रहरीको अनुमान छ । तर, महाशाखाको टोलिले भने घटनालाई तीन वटा कोणबाट अनुसन्धान गरेको र नजिकै पुगेको बताएको छ । कुनै समय गुण्डागर्दीमा समेत संलग्न राणा पछिल्लो समय चलचित्र निर्माण र रेस्टुरेन्ट व्यवसायमा छन् । डान्स रेष्टुरेन्ट सञ्चालकबाट चलचित्र निर्माता हुदै नेपाली फिल्मका नायक बनेका राणा राजधानीमा गुण्डाको एजेन्टका नामले चिनिन्छन । राणाले प्रहरीको सूचना गुण्डालाई र गुण्डाका सूचना प्रहरीलाई दिने गरेको र राणालाई उनकै साथीभाईले ‘दुत’ नामकरण गरेका हुन् । डान्स रेष्टुरेन्ट सञ्चालनकोे नाममा युबतीलाई नाङगो नृत्य जर्वजस्ती गर्न लगाएपछि चेलीबेटी बेचविखन मुद्दामा राणा ८ महिना जेलमा थन्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित