रोजमाथि दिल्लीबाट सुपारी पठाएर चरीका सहयोगीद्वारा आक्रमण ?

ranaकाठमाडौं । नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति समेत रहेका चलचित्र निर्देशक सरोज थापा भन्ने रोज राणामाथि साङ्घातिक आक्रमण गर्ने दुइ व्यक्ति पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाको टोलीले सोमबार राणामाथि आक्रमण गर्ने दुइ व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ । अपरिचित समूहले आपराधिक पृष्‍ठभुमिका राणामाथि सोमबार साँझ खुकुरी प्रहार गरेको थियो ।श्रोतका अनुसार प्रहरीको ईन्काउण्टरमा मारिएका   दिनेश अधिकारी ‘चरी’का सहयोगी जुधा लामाले दिल्लीबाट सुपारी दिएर राणामाथि आक्रमण गर्न लगाएका हुन।

  चरी मारिएपछि लामा दिल्लीमा लुकेर बस्दै आएका थिए । चरी मारिएपछि लेनदेनको बिषयलाई लिएर लामाले आक्रमण गर्न लगाएको आशंका गरिएको छ ।चरीको लाखौं अबैध रकम रोजसँग रहेको र लामाले फिर्ता मागेपछि उनीहरुबीच मनमुटाब हुँदा घटना खुकुरी हानाहानको अवस्थासम्म पुगेको प्रहरीको अनुमान छ ।

 तर, महाशाखाको टोलिले भने घटनालाई तीन वटा कोणबाट अनुसन्धान गरेको र नजिकै पुगेको बताएको छ ।  कुनै समय गुण्डागर्दीमा समेत संलग्न राणा पछिल्लो समय चलचित्र निर्माण र रेस्टुरेन्ट व्यवसायमा छन् । डान्स रेष्टुरेन्ट सञ्चालकबाट चलचित्र निर्माता हुदै नेपाली फिल्मका नायक बनेका  राणा राजधानीमा गुण्डाको एजेन्टका नामले चिनिन्छन ।  राणाले  प्रहरीको सूचना गुण्डालाई र गुण्डाका सूचना प्रहरीलाई दिने गरेको र राणालाई उनकै साथीभाईले ‘दुत’ नामकरण गरेका हुन् । डान्स रेष्टुरेन्ट सञ्चालनकोे नाममा युबतीलाई नाङगो नृत्य जर्वजस्ती गर्न लगाएपछि चेलीबेटी बेचविखन मुद्दामा राणा ८ महिना जेलमा थन्किएका थिए । जेलबाट छुटे लगत्तै राणा प्रहरीका नामुद सुराक बनेका थिए ।  कुख्यात गुण्डा सुजन पौडेल उर्फ रमेश  बाहुन पक्राउ गर्न र प्रहरीको ईन्काउण्टरमा मारिएका भनिएका गुण्डा दिनेश अधिकारी ‘चरी’ लाई मार्न सूचना समेत राणाले दिएको आरोप लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित