आठ वर्षको वारेन्टी सहित भिगार्डले ल्यायो स्र्माट गिजर 

काठमाडौं ।  जाडो याम सुरु भए सँगै भिगार्ड कम्पनीले पानी तताउँने स्र्माट गिजर  नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा भित्राएसँगै उपभोक्ताहरु लाभान्वित हुनेछन् ।

त्रिवेणी ग्रुप अन्तर्गत रहेको GP Trading Concern ले ग्राहकहरुको उच्च माग अनुरुप भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको छ । भिगार्ड सन् १९७७ मा भारतमा स्थापना भएको एक प्रतिष्ठित कम्पनी हो ।

भिगार्डबाट उत्पादित सम्पूर्ण सामाग्रीहरुले उच्च स्तरीय मान्यता प्राप्त गरेको छ । भिगार्ड कम्पनीका गिजरहरुमा ८ वर्षको वारेन्टी समेत रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै हो । यसका प्रडक्टहरुमा(ABS) आउटर बडि र हिटिङ्ग इलिमेन्ट (ISI)आईएसआई मापदण्डमा आधारित रहेको छ ।

यि प्रडक्टहरुमा डब्ल्यु पिई(WPE) ,आईपिसिएस (IPCS) जस्ता उच्च प्रविधिको प्रयोग भएको छ ।  GP Trading Concern ले विद्युतीय प्रविधिबाट सञ्चालन हुने विभिन्न साईजका गिजर बजारमा ल्याएको छ । अहिले नेपाली बजारमा विद्युतीय गिजर प्रचलित बन्दै गएको छ । भिगार्डले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एक लिटर देखि ५० लिटर सम्मका विद्युतीय गिजर बजारमा ल्याएको छ । जाडो महिनामा पानी तताउन प्रयोग गरिने  तीनै प्रकारका गिजरहरुको आ-आफ्नै विशेषता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित