पूर्व आईजीपी अर्याललाई पाता कस्दै अख्तियार,एआईजी मार्फत कमिसन बुझेको आरोप
पूर्व आईजीपी अर्यालले पदीय दुरुपयोग गरी झण्डै पाँच करोड रुपैयाँ अकुत (गैर कानुनी सम्पत्ति) आर्जन गरेको दाबीसहित परेको उजुरीमा अख्तियारले छानबिन सुरु गरेको थियो ।
अख्तियार स्रोतका अनुसार अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि पुनः उनलाई बोलाएर अर्को बयान लिई अनुसन्धान गर्ने तयारी भएको छ । पूर्वआइजीपी अर्यालले हुन्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको उजुरीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ ।
अर्यालले सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकमले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियार स्रोतले बतायो । अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ ।
अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको स्रोतले बतायो ।प्रहरीको लत्ता कपडा र रासन खरिदमा समेत ठेकेदारबाट अर्यालले एक पूर्व एआईजी मार्फत करोडौं कमिसन बुझेको पनि अनुसन्धानका क्रममा खुलेको अख्तियार स्रोतको दावी छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया