भक्तपुरको गुण्डुमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न


भक्तपुर ।
भक्तपुरको गुण्डुमा बृहत बृक्षारोपण गरिएको छ । संरक्षण प्रकृतिको सुरक्षा सन्न्ततीको भन्ने नाराका साथ , नेकपा एमालेका पोलिटव्युरो सदस्य,पूर्वमन्त्री,निवर्तमान सांसद महेश बस्नेतको प्रमुख उपस्थितिमा आज बिशेष कार्यक्रमका बिच सूर्यबिनायक नगरपालिका वडा नं ७  किवाचोकको भिम प्राथामिक विघालय देखी हात्ति गौडा चोक सम्म र भिमसेन थान देखि भिम प्राथामिक विघालय सम्मको सडक छेउमा, बिभिन्न जातका बिरुवा रोपि वृक्षारोपण कार्यक्रम गरिएको हो । 

विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा बातावरण प्रदुषणका कारण आम मानिस लगाएतले भोग्नु परेको समस्या केहिहद सम्म भएपनि घटाउन सहयोग पुग्ने उद्देश्यले बृक्षारोपण गरिएको आयोजक किवाचोक युवा क्लबका अध्यक्ष दिनेश थापाले बताउनु भयो । त्यस्तै आगामी दिनमा समेत क्लबले  टोल टोलका खाली क्षेत्र, सडक किनारा, लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरि हरियाली प्रर्बद्धन गर्ने कार्यक्रम गर्ने समेत बताउनु भयो । 

क्लबले ५ फिट भन्दा अग्लो बहुवर्षिय असारे फुल,कपुर,करविर, कल्कि फुल,गोल्डेन धुपी,चापँ, तेकोमा, मयुर धुपी, गुल्मोहर,शिरिस प्रजातिका करिब २०० करिब बिरुवाहरु रोपेको छ ।

सूर्यबिनायक नगरपालिका वडा नं ७ वडा अध्यक्ष रविन्द्र सापकोटा, वडा सदस्यहरु उमेश कार्की ,गीता पण्डित बस्नेत ,सन्तोषी परियार ,स्थानियहरुको उपस्थितिमा सम्पन्न बृक्षारोपण कार्यक्रमका सहभागिताका  लागि धन्यबाद दिदै आगमी दिनमा समेत क्लबले सामाजिक कामहरुमा गर्दै जाने अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित