हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका बिभिन्न श्रेत्र डुबानमा

भक्तपुर ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भक्तपुरको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा लगातार परेको भारी वर्षाका पानीको बहाब बढेसँगै खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेको छ । बिगतका बर्षहरु जस्तै यो बर्ष पनि खोलामा आएको बाढी भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । हुनुमन्ते खोलामा आएको बाढीका कारण हुन सक्ने जनधनको क्षतीलाई मध्यनजर गर्दै स्थानिय प्रशाशनले सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित