आस्था महिला विद्यालयद्धारा आयोजित स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित


भक्तपुर। 
आस्था महिला विद्यालय तथा नागरिक टिचिङ अस्पतालको संयुक्त आयोजनामा भक्तपुरमा बृहत निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा आयोजित  स्वास्थ्य शिविरमा २४० जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण परामर्श तथा उपचारका साथै ३८ जना दाताले रक्तदान गर्नु भएको थियो भने निःशुल्क आँखा जाँच र सुगर परीक्षणसमेत गरिएको  विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताउनु भयो । 

मध्यपुरथिमि नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष एबम् महिला आस्था बिघालय संचालक समिति अध्यक्ष कृष्णहरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय महिला लगाएत बिभिन्न संघ सस्थासँग आबद्ध ब्यक्तीहरुको स्वास्थ्य उपचार गराई लाभ लिनु भएको थियो ।

आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पतालको संयुक्त आयोजना सम्पन्न भएको स्वास्थ्य शिबिरमा लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको समेत सहभागि रहेको थियो । 


शिविरमा उपचार गरिएका बिरामीहरुलाई निःशुल्क औषधि वितरणका साथै ईसीजी, ईको, यूएसजी, एक्सरे लगायतका सेवामा भने २० प्रतिशत छुट दिइएको थियो । 

कार्यक्रममा राष्ट्रका लागि दुई घन्टा अभियान ,नेपाल रेडक्रस सोसाईटी बालकोट उपशाखा  ,नवदुर्गा महिला समुह लगायतको समेत सहभागिता रहेको थियो । 


 

प्रतिक्रिया

सम्बन्धित